शुक्रबार, चैत १६, २०८०

एनआरएनए नागोयाले नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार गर्दै

नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान क्षेत्रीय समिति नागोयाले नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार कार्यक्रम गर्ने भएको छ ।

यहि जनवरी २५ तारिख शनिबार नागोयास्थित विन्च आइची हलमा हुने कार्यक्रममा जापान सरकारले नेपालीहरुलाई प्रदान गरिएको तोकुतेइ गिनोउ कामदार भिषाको बारेमा विभिन्न कम्पनीका बिशेष व्यक्तिहरुद्वारा परामर्श गरिने र नेपाली बिद्यार्थीहरुलाई स्युसोकु सम्बन्धि जापानी शिक्षक सिमामुरा सेन्सेइबाट परामर्श र जापानमा नेपाली बिद्यार्थीहरुको अवसर र चुनौतिको बिषयमा नेपाली प्रोफेसर डा .सुदिप अधिकारी संग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
त्यसै गरि जापानमा भोगिने कानुनी समस्या र समाधानको बिषयमा पनि जापानी कानुनविदहरुद्वारा जानकारी दिने कार्यक्रम रहेको एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको संयोजक श्याम शितल श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली बिद्यार्थी समाज जापान (नेसाज) सह -आयोजकको रुपमा रहेको छ ।
कार्यक्रम बिद्यार्थीहरुलाई केन्द्रित गरि आयोजना गरेको र नागोयामा रहेका सम्पूर्ण नेपाली बिद्यार्थीहरुलाई उपस्थितिको लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।