बिहिबार, बैशाख ०६, २०८१

रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु

हेटौंडा । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

मंगलबार होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।

लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताए ।

उनले भने, ‘यहाँबाट हेम्स अस्पतालमा पठाइएको थियो ।’ अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै अचेत भेटिएका सबै विदेशी पर्यटकको मृत्यु भइसकेको बताए ।