Nepali date


शुक्रबार, चैत्र २१, २०७६

टोक्योमा हुने साेनाम ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी तीव्र

टोकियो । नेपाल तामाङ समाज जापानको आयोजनामा २८५६ औं जिवा साेनाम ल्होसार साँझ धमकेदार बनाउन तयारी तीव्र बनाएको छ ।
उक्त मौलिक सांस्कृतिक कार्यक्रमको लागी १ दर्जन भन्दा बढी स्थानीय राष्ट्रीय कलाकारहरु टोकियो प्रस्तुति दिने भएका छन् ।

स्थापना कालदेखि नै नेपाल तामाङ समाज जापानले तामाङहरुकाे मौलिक संस्कृति परम्परालाइ जिवन्त राख्न हरेक वर्ष ल्होछार र डम्फु साँझ जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रमसहित मनाउदै आइरहेको छ । यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत,परिमार्जित र जिवन्त राख्न आफ्नो ल्होसार साँझको तयारी गरिरहेको समाजका अध्यक्ष रुबिना तामाङले जानकारी दिनुभयो ।

विदेशी भुमिमा रहेर पनि आफ्नो मौलिक कला संस्कृतिकाे संरक्षण सम्बर्द्दन र आदिबासी जनजातिको हक़ अधिकारको आवाज बुलन्दगर्दै आइरहेको नेपाल तामाङ समाज जापानले अध्ययन तथा रोजगारिको सिलसिलामा जापानलाइ आफ्नो कर्म थलो बनाइ बसेका तामाङहरु बिच एकता, समिप्यता र भाइचाराको संबन्ध कायम गर्दै आइरहेको छ। विदेशमा रहेका नेपालीहरुको साझा समस्याप्रतिप्रतिबद्ध रहनुका साथै भैपरी आउने समस्यप्रती सधै साथ दिदै आइरहेको छ ।

कार्यक्रलाई थप मनोरन्जन दिलाउन द भ्वाईस अफ नेपाल सिजन २ का नकआउट राउन्ड पुग्न सफल भ्वाईसका रकस्टार कुमार गुरुङ(काले), काे प्रस्तुती रहेनछ । आयोजक संस्थाले जापानवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी वहिनिहरुमा हार्दिक निमन्त्रणा गरेकोछ ।

कार्यक्रम फेब्रुवरी २ तारीख़ आइतबारका दिन टाेक्याे स्थित नेरिमा बुंखा सेन्टरकाे हलमा बेलुकी ६ बजेबाट सुरु हु्ने बताइएकाे छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: