मङ्गलबार, बैशाख ११, २०८१

नेपाल एयरलाइन्सले नारितामा मार्च २ बाट उडान थाल्ने,टिकट बिक्रि खुल्ला

टोकियो । नेपाल वायुसेवा नियमको नेपाल एयरलाइन्सले फागुन १९ गते अर्थात मार्च २ बाट जापानको राजधानी टोकियो नजिकैको नारिता विमानस्थलमा उडान थाल्ने भएको छ ।

नेपाल एयरलाइन्सले नारिताका लागि टिकट बिक्रि खुल्ला गरिएको उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले जापानकै अर्को शहर ओशाकामा उडान गरिरहेको छ । उक्त उडान भने अब रद्द हुने भएको छ ।  नारिता राजधानीबाट नजिक रहेको विमानस्थल र धेरै नेपालीसमेत बसोबास गर्ने भएकाले यो रुटले निगमको लामो दूरीको उडानलाई सफल बनाउने विश्वास कम्पनीको छ ।

वाइडबडी एयरबस-३३० जहाजले नै नारिता उडान गर्ने तयारी रहेको छ । कम्पनीले एकसाथ नारिता र चीनको ग्वाङझाउमा उडान थाल्ने योजना बनाएको थियो ।

चीनको मिति भने अझै तय भइसकेको छैन । जापानमा नेपाल एयरलाइन्सले प्रारम्भमा नारिता जान प्रक्रिया थालेको थियो ।