Nepali date


आइतवार, फाल्गुन ११, २०७६

उपत्यकासहित देशभर वर्षा, भारी हिमपातको सम्भावना

काठमाडौँ । आज काठमाडाैं उपत्यकासहित देशभर वर्षा भइरहेकाे छ । देशभरको मौसममा शुक्रबार सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले हिंजै जनाएको थियाे । नेपालको पश्चिमी, मध्य भूभाग र पुर्वी पहाडी भूभागमा अहिले पनि सामान्य देखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली भएको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: