Nepali date


सोमवार, चैत्र २४, २०७६

एमसीसी संसदबाट चाँडै अनुमोदन गर्नुपर्छ: सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् ।

उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे । ‘नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, तर संसदलाई बन्धक बनाउन मिल्दैन’ उनले भने ।

 

उनले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सत्तापक्षका नेताहरुबीचनै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताए ।

‘हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ’, सभापति देउवाले भने, ‘नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ । यसलाई अनुमोदन गरेर जानुपर्छ ।’

पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: