Nepali date


सोमवार, चैत्र २४, २०७६

उपचारका लागि नेता पौडेल नयाँ दिल्ली प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली गएका छन् । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका पाैडेल नयाँ दिल्ली गएका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए । काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो ।
सो भेटपछि आज नेता पौडेल नयाँदिल्ली गएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: