मङ्गलबार, बैशाख ०४, २०८१

बाग्लुङ समाज जापानले चैते दशैँ मेला टोक्योमा भब्य रुपमा मनाउने

टोकियो । बाग्लुङ समाज जापानले तेश्रो अधिबेशन तथा चैते दशैँ मेला गर्ने भएको छ । अप्रिल ३ तारिखबाट ५ तारिख सम्म टोकियोमा बिबिध कार्यक्रमसहित त्रिदिवशीय रुपमा कार्यक्रम गर्न लागिएको सचिब राजु केसीले जानकारी दिनुभयो । बाग्लुङ जिल्लाको पहिचान बोकेको चैते दशैँ पर्वलाई प्रवासमा रहेर पनी बिबिध कार्यक्रम गरी मेलाको रुपमा मनाउन लागिएकोले सबै जापानबाशि नेपालीको साथ मिल्नेमा बिश्वस्त रहेको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुयो । अध्यक्ष श्रेष्ठले मेला अन्तर्गत जापानमै पहिलो पटक खुला लोक दोहोरी गीत प्रतियोगिता संचालन गर्न लागेको र यस् बारेमा सम्पूर्ण जानकारी केहीदिनमा सार्वजनिक गरिने पनी बताउनुभयो । नेपालबाट आमन्त्रित तथा जापानमै रहेका चर्चित तथा ख्याती प्राप्त कलाकारको प्रस्तुतीको साथमा नयाँ कार्यसमिती चयन गर्दै भब्य रुपमा चैत्र दशैँ मेलाको तयारी थालिएको बरिष्ठ उपाध्यक्ष प्रेम कंडेलले बताउनुभयो । चैते दशै मेला तथा तेश्रो अधिबेशनलाई सब्य र भब्य रुपमा सम्पन्न गर्नका लागी फेब्रुअरी २ तारिखका दिन बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका अध्यक्षहरु ,समाजका संरक्षकहरु ,सल्लाहकारहरु र अग्रज ब्यक्तित्वहरुसँग बृहत छलफल गरी सबै बिषयमा निचोडमा पुगिने पनी उपाध्यक्ष कंडेलले बताउनुभयो । समाजले जापानमा उत्कृष्ट कार्य गर्दै आएको छ ।