शनिबार, बैशाख ०८, २०८१

महिला सभामुख बन्न नदिने नेकपा नेतृत्वकोप्रति सांसद् लामाको यस्तो कटाक्ष

काठमाडौं । नेकपाकी संघीय सांसद नविना लामाले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सभामुख नबनाउने पार्टीको कसरतप्रति कटाक्ष गरेकी छन् ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा चार दशक बिताएकी डा. तुम्बाहाङ्फेले महिला आन्दोलनमा विद्यावारिधि गरेकी छन् । तर, यस्तो अयोग्य नेतृ महिला भएकै कारण सभामुख बन्न नदिने तथा उपसभामुखबाट राजीनामा माग्ने नेकपा नेतृत्वको कार्यशैलीप्रति कटाक्ष गर्दै सांसद नविनाले नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निश्र्कष निकाल्नु पर्ने बताएकी छन् ।

डा. तुम्बाहाङ्फे  महिला सभामुखमा अयोग्य हुने हो भने नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निश्र्कष निकाल्नु पर्ने भन्दै आइतबार फेसबुकमा नविनाले लेखेकी छन् ।