शुक्रबार, बैशाख ०७, २०८१

उपसभामुखद्वारा राजीनामा दिन अस्वीकार,प्रतिनिधिसभा बैठक फेरि सर्यो

काठमाडौं । उपसभामुख शिवामाया तुम्वाहाम्फेले राजिनामा दिन अस्वीकार गरेकि छन् ।

सत्तारुढ नेकपाले राजीनामा दिन निर्देशन दिएपनि उपसभामुखले अस्वीकार गरेकि हुन् । सहमतिको प्रयासमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गरेपछि पूर्व निर्धारित आज दिउसो १ बजे का लागि बोलाइएको बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।