बिहिबार, बैशाख १३, २०८१

विस्फोटक पदार्थमा नेपाल आत्मनिर्भर, गुणस्तर र मूल्य भने चर्को

काठमाडौं । भौतिक पूर्वाधार तथा विकास निर्माण आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ ।

उत्पादनसँगै यसको गुणस्तर र मूल्य भने चर्को देखिएको छ ।

यहाँ उत्पादित विस्फोटक पदार्थको बिक्री मूल्य प्रतिकिलो १९८ रुपियाँ पर्ने गर्दछ तर भारतबाट आयात हुने विस्फोटक पदार्थको मूल्य भने प्रतिकिलो ८७ भारुमा खरिद गर्न सकिन्छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे विस्फोटक पदार्थको मूल्य घटाउने विषयमा छलफल हुनुका साथै गुणस्तरमा बढी ध्यान दिइएको बताउँछन् ।

उनका अनुसार, कच्चा पदार्थ खरिदमा मात्रै एक सय ५२ रुपियाँ ८० पैसा लागत पर्ने हुँदा महँंगो भएको समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।