बिहिबार, चैत १५, २०८०

६ महिनामा ६ सय ३८ जना विदेशी नागरिक निष्काशित

काठमाडौं। हालै नेपालले १२२ जना चिनियाँ नागरिकलाई निष्काशन गरेपछि सबैतिर चर्चा भयो। यसरी निष्काशनमा पर्ने चिनियाँ नागरिकमात्र होइनन् अरु पनि छन्। चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ३८ जना विदेशी नागरिक निष्काशनमा परेको अध्यागमन विभागका सूचना अधिकृत रामचन्द्र तिवारीले जानकारी दिए।

नेपाल घुम्न भनेर पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरु सबै यहाँको प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको भ्रमणमा रमाउँदैनन् विभिन्न अपराध कर्ममा पनि लाग्छन्। यसरी पर्यटक भिसामा नेपाल आएर अपराध कर्ममा लागेकाहरु निष्काशनमा पर्ने अध्यागमन विभागका सूचना अधि जनाएको छ।

चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराध गर्नेहरुलाई निष्काशन गरिएको छ। केही विदेशीहरु नेपालमा बाल यौनदूचारदेखि अप्राकृतिक मैथुनको जस्तो घृणित अपराधमासमेत मुछिएका छन्। तर, धेरैजसो निष्काशनमा पर्नेहरु ओभर स्टे (भिसा म्याद सकिने) को आरोपमा निष्काशनमा पर्ने गरेको विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ५४९ जना ओभर स्टेकै कारण निष्काशनमा परेका छन्। यी मध्ये केहीमाथि शरिर बन्धक बनाएको आरोप पनि छ।

४५ वर्षीय अस्ट्रेलियाली नागरिक मार्कुस केन्डलर अप्राकृति मैथुन आरोपमा पक्राउ परेर निष्काशनमा परेका छन् भने नेदरल्यान्ड्सका नागरिक ७५ हेनरिक एड्रियानस जोसेफस क्रुइजेन बाल यौन दुराचार आरोपमा पक्राउ परेका थिए।

यी दुईजना पर्यटक भिसामा नेपालमा आएर समाज सेवाको आवरणमा घृणित अपराधमा लागेको भन्दै प्रहरीले पक्राउ गरेका थियो। यी दुबैजना निष्काशनमा परेको अध्यागमन स्रोतले बतायो।

अध्यागमनले चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकमा एकजना बाल यौन दुराचार र एकजना अप्राकृतिक मैथुनमा निष्काशन गरिएको उल्लेख गरिएको छ।

यतिमात्र होइन, पर्यटक भिसामा आएर नेपालमा चोली गरेको आरोपमा पनि एकजना निष्काशनमा परेका छन्।

पर्यटकको आवरणमा चोरी गर्ने गर्ने एक्जना अफ्रिकी मुलका नागरिक निष्काशनमा परेको अध्यागमन स्रोतले जानकारी दियो।

उता बैंकिङ कसुरमा ८ जना, लागु औषधमा १ जना, जाली मुद्रामा ३ जना, जारी भिसामा४ जना, जाली राहदानीमा २७ जना, विदेशी विनिमयमा ३ जना, सुन चोरीपैठारीमा ११ जना, हात हतियार तथा खर खजनामा ३ जना, खोटा चलनमा ४ जना, कागजात नभएको आरोपमा १ जना निष्काशन भएका छन्।

यस्तै ओभर स्टेमा ५४९ जना, अपहरणमा १ जना, अप्राकृतिक मैथुनमा १ जना, हुण्डी कारोबारमा २ जना, ठगीमा १, दुरसञ्चारमा १, मानव बेचविखनमा १, समुद्री घोडाको अखेटापहार ओसारपसारमा १, सरकारी छाप किर्तेमा १जना र अन्यमा आरोपमा २ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन्।