शनिबार, बैशाख ०८, २०८१

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा भव्य रूपमा शुभारम्भ

टोकियो । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ गरिएको छ ।

मंगलबार टोक्योस्थित जापानका लागी नेपाली राजदुत निवासको सभा हलमा एक समारोहको बीच शुभारम्भ गरेको हो ।
उल्लेख्य जापानी अतिथिहरुको उपस्थितीमा नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै, स्वस्तिवाचनसहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षको लोगो सहितको ब्यानर खोलेर जापानमा औपचारिक उद्घाटन गर्नुभएको हो । उक्त समारोहमा मन्तव्य राख्दै राजदूत राणाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्यको आवश्यक रहेको बताउनु भयो । राजदूत राणाले,नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं भाषिक विविधताले भरिएको मुलुक भएकाले, जापानीनागरिकहरुलाई नेपालका विश्व सम्पदा क्षेत्रहरु, सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बीनी जस्ता क्षेत्रहरुको भ्रमण गरी अनुभव सँगाल्न अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा नेपाल तथा नेपाली पर्यटनको बारेमा जानकारीहरु प्रस्तुत गरिएको थियो । यसका साथै नेपालमा समय व्यतित गरेकाजापानी नागरिकले नेपालको चितवान राष्ट्रिय निकुन्ञ्जमा खिचेका विभिन्न जंगली जनावार तथा पंक्षीहरुको जानकारी सहितकोसामग्रीहरुको पनि प्रस्तुत गरिएको थियो ।
उदघाटन समारोहमा जापान सरकारका पूर्व मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा मन्त्रालयका वरिष्ठपदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, पूर्व राजदूतहरु, एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट ,एनआरएनए जापानका पदाधिकारीहरु, जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू,नेपालीदूताबासका पदाधिकारी लगायत ठूलो संख्यामा जापानी तथा नेपालीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली खाना र संस्कृति नाचगानसमेत प्रस्तुत भएको थियो ।