शनिबार, बैशाख ०८, २०८१

भिजीट नेपाल: हङकङमा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन

हङकङ ।  हङकङमा भिजीट नेपाल २०२० को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो ।

हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपालको भब्य प्रचार गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रण गरिएको हो ।

नेपाल भ्रमण वर्ष प्रबद्र्धन समिति सदस्य सचिव तथा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार हङकङको निकै ब्यस्त शहर सेन्ट्लमा भएको कार्यक्रममा ५ सय जनाको हाराहारीमा नेपालीको उपस्थिति थियो । हङकङको सेन्ट्ल शहर पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ । जहाँबाट डेढ घन्टाभन्दा बढी बसमा दायाँ बाँया ठूल्ठूलो ब्यानर, टिसर्ट, प्लेकार्ड, नेपाली झण्डा, टोपी र विभिन्न जातीय भेषभूष तथा झांकीसहित भिजीट नेपालको प्रचार प्रसार गरिएको सदस्य सचिव राधिका गुरुङले बताउनुभयो ।

निकै ब्यस्त शहर हङकङमा यो कार्यक्रमले लाखौ माझ भिजीट नेपाल २०२० सन्देश पुगेको छ । हङकङमा खुल्ला बसमा कहिल्यै पनि यसरी प्रचार गरिएको थिएन । ठूल्ठूला बसमा भिजीट नेपालको प्रचार गरिरहँदा पैदल यात्री, ब्यापारी तथा सर्वसाधारणले निकै उत्सृकतापूर्वक चासो दिर्दै प्रचार अभियानलाई सकारात्मक रुपमा लिएको र नेपाल भ्रमण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । नेपाली महावाणिज्य दूतावास आयोजक र एनआरएनए हङकङ सहआयोजक रहेको भिजीट नेपाल २०२० कार्यक्रममा हङकङ डलर १ लाख खर्च भएको छ ।

यसअघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको थियो । नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहने गरि सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल बायुसेवा निगमलाई राखिएको थियो ।

त्यस्तै, सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङलाई राखिएको थियो ।