शुक्रबार, बैशाख ०७, २०८१

बिहे गरेको १ महिनामै नायिका ऋचा शर्माले आमा गुमाइन्

काठमाडौँ। अभिनेत्री ऋचा शर्माले आमा गुमाएकी छिन् । उनकी आमा रिनादेवी शर्माको गएराति निधन भएको हो । उनकी आमा लामो समयदेखि बिरामी थिइन् । उनकी आमा ६७ वर्षकी थिइन् ।

गएको मंसिर २१ गते विवाह बन्धनमा बाँधिएकी ऋचाले विवाहको रिसेप्सन पार्टीमा पनि आमा बिरामी भएको कारणले गर्दा आफू अस्पतालमा धरै बस्नु परेको बताएकी थिइन् । विवाहको एक महिना पुग्न १ दिन बाँकी रहँदा उनले आमा गुमाएकी हुन् ।