बिहिबार, बैशाख १३, २०८१

कपिल शर्मा शोबाट भारती सिंहलाई हटाउन माग, विरोध प्रदर्शनमा उत्रिए हजारौं

मुम्बइ। दुई दिन पहिले पंजाब पुलिसले बलिउड अभिनेत्री रविना टंडन, निर्देशक फराह खान र कमेडियन भारती सिंहविरुद्ध एक समुदायको धार्मिक भावना आहत गरेको आरोपमा केस दर्ता गरेको थियो । अब भारतीलाई कपिल शर्मा शोबाट हटाउन माग गरिएको याचिका सामाजिक संजालमा भाइरल भइरहेको छ ।

तीनैजनाविरुद्ध केस अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्यक्ष सोनू जफरले दर्ता गराएका हुन् । उनले भारतीमाथि क्रिस्चियनहरुको धार्मिक भावना आहत गरेको आरोप लगाएका छन् । यसको साथमा उनले फराह खानको शो ब्याक बेन्चरको त्यो भागको फुटेज पनि बुझाएका छन् । उजुरीमा फराह, रविना र भारतीले मिलेर आफ्नो शोमा ‘हल्लेलुजाह’ शब्दको मजाक उडाएको आरोप लगाइएको छ ।

अब चेन्ज डट ओआरजीमा एउटा पेटिशन भाइरल भइरहेको छ जसमा भारतीलाई द कपिल शर्मा शोबाट निकाल्न माग गरिएको छ । एन्ड्रु डेभिड नामका व्यक्तिले यो पेटिशन सुरु गरेका हुन् । यसमा अहिलेसम्म ७ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । यो पेटिशनमा कूल ७५०० हस्ताक्षरको माग गरिएको छ । रविना टंडन र फराह खानले यस विषयमा माफी मागिसकेका छन् ।