शनिबार, बैशाख ०८, २०८१

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा अन्तिम तयारी पुरा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)संगको सहकार्यमा विश्वभरनै भ्रमण वर्ष २०२० मनाउने निर्णय अनुसार जापानमा पनि नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समिति जापानको सचिवालय बैठक बसेको छ ।

आज विहिवार जापानस्थित नेपाली राजदूतावासमा राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा बसेको बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष तथा  एनआरएनए भ्रमण वर्ष २०२० का अन्तराष्ट्रिय संयोजक भवन भट्टको विशेष उपस्थिति रहेको बैठकले जनवरी ७ मा हुने भ्रमण वर्षको उद्घाटन तयारीको समिक्षा गर्दै अन्तिम तयारी पुरा गरेको छ ।

उक्त उद्घाटन कार्यक्रममा नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको भिज्युअल सामाग्री प्रदर्शन गर्ने, एकजना जापानीजले  नेपालगई नेपालको बिभिन्न स्थानको भ्रमण गरी तयार पारेको भिडियो सामग्री प्रदर्शन गर्ने, नेपाली कल्चलर नृत्य रहने र जापानीज पाहुनाहरुलाई नेपाली खानाका परीकारले पनि स्वागत गर्ने जस्ता कार्यक्रम रहेको उक्त कार्यक्रमका सचिवालय सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा १२० जना भन्दा बढी जापानीजहरु आउने निश्चित भैसकेको साथै जापान सरकारका संसदीय उपविदेश मन्त्री, नेपालका लागी पुर्व जापानीज राजदूत, सगरमाथा आरोहीहरुको पनि उपस्थिति रहने भएको छ ।  बैठकमा उक्त दिन प्रदर्शन गरीने भिज्युवल सामाग्रीहरुको डेमो हेरी परीमार्जन गर्नु पर्ने ठाउमा सुझाव दिइएको थियॊ ।

कार्यक्रम आयोजनाका निम्ति महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएका जिज्ञान कुमार थापा, उपयोनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, मुलआयोजक सचिवालय सदस्य तथा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले, एनआरएनए जापानका सल्लाहका बिकास श्रेष्ठ,एनआरएनए आइसीसी एसीया प्यासिफिक यूवा संयोजक दिपक कंडेल, नमस्ते नेपाल सिजुवका अध्यक्ष तथा इन्जिनियरिंग कलेजका भिजिटिंग प्रोफेसर नरेश महर्जन,जापानीज पत्रकार युमीको इताका लगायतको उपस्थिति थियो ।

http://japanremit.com/