मङ्गलबार, बैशाख ०४, २०८१

दाङको बार निर्वाचनमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित

दाङ । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानल पराजित भएको छ ।

उक्त निर्वाचनबाट अध्यक्षमा विद्रोही उम्मेद्वारी दिएका शिवप्रसाद घिमिरे र उपाध्यक्षमा मणिराज आचार्य विजयी भएका छन् । अध्यक्षमा घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा आचार्य एक मत अन्तरले विजयी भएका हुन् ।

अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका थिए ।

त्यस्तै निर्वाचनबाट नेकपा र कांग्रेस प्यानलका सञ्जय कुमार केसी, कोषाध्यक्षमा ठाकुरप्रसाद गिरी विजयी भएका छन् ।

सदस्यहरुमा हरि बेलबासे, नारायणप्रसाद रिजाल, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने बिजयी भएका छन्।