Nepali date


बिहिबार, माघ ९, २०७६

संघीय संसदको पाँचौं अधिवेशन ४ पुसदेखि शुरू हुने

काठमाडौं । संघीय संसदको पाँचौं अधिवेशन आउँदो ४ पुसदेखि शुरू हुने भएको छ।

२३ मंसीर साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संसदको पाँचौं अधिवेशन ४ पुसमा आह्वान गर्नका लागि गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी हुन्।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्।  ४ पुस शुक्रवार दिउँसो ४ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान भएको छ। दुवै सदनको अधिवेशन सोही दिनदेखि शुरू हुनेछ ।सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

संसदको चौथो अधिवेशन गएको २ असोजमा अन्त्य भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: