बिहिबार, बैशाख १३, २०८१

कपास उद्योगमा आगलागी

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा बिहिबार बिहान आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर नस्ट भएको छ ।

आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले बताए । “विद्युत् चुहिएर आगलागी भएको हुनसक्छ, क्षतिको पूर्ण विवरण त आइसकेको छैन,” मानन्धरले भने।

इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले बताए ।