शुक्रबार, बैशाख ०७, २०८१

अस्पतालमा १० दिन उपचार गरेर प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री केपी ओली १० दिनपछि आज बुधवार दिउसो बालुवाटारस्थित निवासतर्फ लागेका हुन् । यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।