शुक्रबार, बैशाख ०७, २०८१

राष्ट्रपतिबाट बाग्लुङमा भएको दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरेकी छन् ।

उनले ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गरेकी छन् ।रासस