शुक्रबार, बैशाख ०७, २०८१

दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा

सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं खेलकुद अविस्मरणीय बन्नु स्वाभाविक पनि छ।

त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका थिए।

त्यो समय यी दुवैले समान १४/१४ स्वर्ण पदक जितेका थिए। बाँकी तीनमध्ये बक्सिङले दुई तथा पौडीले एक स्वर्ण दिलाएका थिए। तर उक्त संस्करणदेखि यता कराँते र तेक्वान्दोको नतिजा खस्कँदो स्थितिमा छ।

त्यसपछिका तीन संस्करण नवौं, दसौं र एघारौंमा तेक्वान्दो र कराँते स्वर्णमा नेपाल खाली हात भने नफर्के पनि पहिलाको साख जोगाउन सकेको थिएन।

नेपालले नवौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा ६ स्वर्ण मात्र जितेका थिए। त्यस्तै दसौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा दुई स्वर्ण हात पार्न सफल नेपालले ११औं संस्करणमा कराँतेमा तीन र तेक्वान्दोमा दुई स्वर्णमै चित्त बुझाउनुपरेको थियो।

भारतमा सम्पन्न १२औं संस्करणमा कराँते समावेश नभए पनि नेपालको तर्फबाट तेक्वान्दोले एउटा स्वर्ण पनि जित्न सकेन। नागरिक दैनिकमा खबर छ ।