शुक्रबार, चैत १६, २०८०

जापानमा नेपाली छात्राविच कुटपिट,नाकको डांडी भाच्ने दुई जना प्रहरी थुनामा

टोकियो । जापानमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई आफ्नै तीन जना साथीले मरासन्न हुने गरि कुटपिट गरेका छन  नोभेम्बर २६ तारिख मंगलवार जापानको साईतामा नजिक रहेको टोक्यो फूकोसी दाईगाक्को पढ़ने एक छात्रालाई कुटपिट गरेको हो ।

ओमोतेनासी जापानी स्कूलमा अध्ययनरत तीन जना रूम पार्टनर साथीले टोक्यो फूकोसी दाईगाक्को पढ़ने सुनिता पौडेल नाम गरेको छात्रालाई कुटपिट गरेको हो ।  जापानमा तीन जना नेपाली विद्यार्थीहरूले रातको समयमा एक जना छात्रालाई मरासन्न हुने गरि कुटि नाकको डांडी भाचिएको छ । साईतामाको तोडा हस्पिटलमा उपचार गरि रहेकी पौडेलको अनुसार धन्न बाच्न सके नाक,जिउ र आँखामा गहिरो चोट पुगेको पिडितले बताएकी छिन । पिडित पौडेलको नाकको शनिवार सफल अप्रेसन भएको छ । एकै कोठामा बस्ने उरुशा लामा,शोभा गुरुङ र यानु गुरुङले कुटपिट गरेको पिडितले एनआरएनए जापानलाई लेखेको निवेदनमा उल्लेख गरेकी छिन । कोठामा बस्ने ४ जना फोन गर्दा डिस्टब हुन्छ भन्ने सामान्य विबादमा सुरू भएको झगडा पुलिस चौकी सम्म पुगेको हो । कुट्पिटमा संलग्न यानु गुरुङले भने कुटपिट सामान्य झगडा भएता पनी मरासन्न हुने गरि नपिटेको र आफु कुटपिटमा संलग्न नरहेको बताएकी छिन ।

कुटपिट गर्ने २ जना नेपाली महिलालाई खाबुगुची प्रहरी चौकीमा अनुसन्धान गरी थुना राखेको छ भने एक जना  यानु गुरुङलाई छोडिसकेको छ ।