शनिबार, बैशाख ०८, २०८१

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक : गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजना गरिएको अन्तर्राष्ट्रिय बाैद्ध एकता सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्व देखिए पनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको बताएका हुन् ।

नेपाली जनताको एकतालाई अझ सुदृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई टुंग्याउने गरी काम गरिरहेको गृहमन्त्री थापाले बताएका छन् । उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए ।

सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरूले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए । दुइ दिनसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न देशबाट बौद्ध भिच्छु लामाहरूको सहभागिता रहेको छ ।