शनिबार, बैशाख ०८, २०८१

जापानमा बाढी र ताईफूको कारण मर्नेको संख्या ८० पुग्यो,खोजी कार्य अझै जारी

टोकियो । जापानमा भारी बाढी र ताईफू हागीबिसबाट मर्नेको संख्या आइतबार सम्म ८० जना  पुगेको छ । तर खोजी कार्य भने जारी रहेको जनाएको छ ।

 क्योदो न्युजको  अनुसार जापानटुडेले समाचार प्रकाशन गरेको छ ।

 तथ्यांक अनुसार १० जना हराइरहेको र बाढी र पहिरोले मध्य, पूर्वी र उत्तरपूर्वी जापानको विशाल क्षेत्रलाई तहसनहस पारेको जनाएको छ।

 अग्नि र प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार आँधीले बाढी आएको र क्षतिग्रस्त घरहरुको संख्या ५६,७५३ रहेको छ।

अक्टूबर २० आइतवारसम्म करीव ४ हजार मानिसहरू अझै पनि खाली ठाउँमा बसिरहेका छन  र ७८,००० भन्दा बढी घरहरू पानी,विधुत आपूर्तिविहीन भएको जापान सरकारले भनेको छ ।

 

गत अक्टूबर १२ र १३ तारिख आएको टाइफु र बाढ़ीले जापानको रेल,जहाज,बस लगाएत सेवा बन्द भएको थियो ।