शुक्रबार, चैत १६, २०८०

राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा कार्की चयन

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु वराल, सदस्यहरुमा समिर रामदास, रेजिना विसि, पवित्रा परियार, सपना सुनार र दिपेन्द्र परियार चयन भएका छन् । सभाको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले उद्घाटन गर्दै २०६१ सालमा स्थापना भएको संघ अब नेपालका ४८ जिल्ला संघ र बिदेशमा ५ वटा संघ स्थापना भइ सकेको बताए। संगीत बिकास बोर्ड गठन गर्नु पर्ने र सबै क्षेत्रका कलाकार ले रोयल्टी पाउनुपर्ने योगदानको आधारमा रोयल्टी बितरण गर्नु पर्ने बताए ।

हामी कलाकार कसैका गहना होइन राज्यको अभिन्न अंगको रूपमा लिनु पर्ने उनले भनाइ थिए ।

कार्यक्रममा पुर्व केन्द्रिय सहसचिव लोकनाथ सापकोटाले कलाकारहरुको अनुहारमा लुकेको समस्यालाई बुझेर कार्य गर्न सक्ने संगठनको आबश्यता रहेकोेले नयाँ कार्य समितिले त्यस समस्याको पहिचान गरी समाधान गर्ने बिश्वास व्यक्त गरेका थिए । उनले कलाकारलाई प्रयोग मात्रै गर्ने होइन उनीहरुको भविष्यको पनि सुनिश्चितता गर्नुपर्ने बताए ।

सो अबसरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका संचालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमले संघले सबैलाई समेटेर लैजान आग्रह गर्दै संगीतकर्मीको हितमा कार्य गर्न शुभकामना व्यक्त गरेका थिए ।

गण्डकी प्रदेश अध्यक्ष यज्ञ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्याङ्जा जिल्ला अध्यक्ष पुर्ण वाग्ले इतिहासले स्वागत र संचालन प्रदेश सदस्य शंकर ढकालले गरेका थिए ।