शुक्रबार, बैशाख ०७, २०८१

न्यु टुलिप्स स्कुलको सहभागितामा मनोहरा नदी सफाई (भिडियो )

दिवस बस्नेत, काठमाडौं । बागमती सफाई अभियान सुरु भएसँगै मनोहरा नदी तथा नदी किनार सरसफाई अभियान सुरु भएको १३५ औं हप्ता पूरा भएको छ।

हरेक शनिबार सफाई अभियान सुरु गरिएको १३५औं हप्ता पूरा भएको हो । सफाई अभियानको १३५ दिनमा कोटेश्वर सुर्यकोटस्थित न्यु टुलिप्स स्कुलका शिक्षक, शिक्षिका र विद्यार्थीहरु पनि सफाई अभियानमा सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनु भएको थियो ।

सफाई कार्यक्रममा स्थानीयबासीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सहभागी थिए । नदी मानव सभ्यताकै उद्गमस्थल भएकाले नदी सफा राख्न विगत केही वर्षदेखि देशभर विभिन्न अभियान नै संचालन गरिएको छ। यही क्रममा सुरु भएको मनोहरा नदी सफाई अभियानमा समाजिक संस्था र शैक्षिक संस्थाहरु पनि थपिँदै गएका छन् ।

सोही सफाई अभियानलाई निरन्तरता दिने क्रममा सुर्यकोटस्थित न्यु टुलिप्स स्कुलले पनि सफाई अभियानमा सहभागिता जनाएको हो ।