शनिबार, बैशाख ०८, २०८१

टोकियोमा शनिबार र आईतबार ताईफु,ठूलो क्षति पुर्याउन सक्ने चेतावानी

जापान । जेआर रेलवे कम्पनीले आगमी शनिबार र आईतबार ताईफु (आँधि बेहेरी)का कारण विभिन्न ठाउँमा आफ्ना रेलसेवा बन्द हुनसक्ने बताएको छ ।

विध्वंसकारी आँधी हागिविसले,गएको फासाईले भन्दा पनि ठूलो क्षति पुर्याउन सक्ने चेतावानी पनि दिईएको छ ।

जेआर रेलवे कम्पनीले जनाए अनुसार बुलेट ट्रेन तथा अन्य मुख्य रेलसेवाहरु जस्तै– यामानोते, चुओ तथा तोकाईदो लगायतका लाईनहरु बन्द हुन सक्नेछन् ।

जेआर कम्पनिका प्रवक्ता युजिईसिकावाका अनुसार शुक्रबार विहान १०स्३० बजे  आफ्नो वेबसाईटमा थप जानकारी राखिने जनाएको छ ।

जेआर मात्र नभई, कान्तो एरियामा संचालनमा रहेका थुप्रै रेल कम्पनीहरुको सेवा रद्द तथा ढिलो हुनसक्नेछ । प्राप्त जानकारीका अनुसार टोकियोबाट  हानेदा एयरपोर्ट सम्म चल्ने केईक्यु कर्पोरेशन तथा नारिता एयरपोर्टसम्म चल्ने केईसेई लाईन पनि नचल्ने तथा ढिलो हुने सम्भावना रहेको छ । त्यस्तै ओदाईक्युलाईनमा  पनि समस्या देखिन सक्ने बताईएको छ ।

जापान मेटोरोलोजिकल एजेन्सीले यस पटकको ताईफुलाई विध्वंसक भनि वर्गीकरण गरिसकेको छ । जसका कारण भारी वर्षा कारण डुवान तथा  तथा पहिरोको समेत खतरा रहेको बताईएको छ । पुर्वीजापानमा भने यसको असर शनिबार राती देखि आईताबार बिहानसम्म अत्यधिक रहने र आईतबार साँझबाट हट्ने जनाईएको छ ।

हागिविसका ९ताईफु० कारण वायु सेवा कम्पनीहरुले पनि आफ्ना सेवा बन्द गर्न सक्ने बताएका छन् ।

अल निप्पोन एयरलाइन्स लगायत जापानका बायुसेवा कन्पनीहरुले पनि ताईफुको कारण सेवा अवरुद्धहुनसक्ने भन्दै सचेत गराई सकेका छन् ।

यस अघिको ताईफु फासाईका कारण सोचेभन्दा धेरै प्रभावित भएपछि रेल कम्पनी तथा वायु सेवा कम्पनीहरुले यस पटक पहिलेभन्दा अझ बढि सतर्कता अप्नाउने प्रयास गरेका छन् ।