बिहिबार, चैत १५, २०८०

आईएमई ट्राभल र क्योउदाई रेमिटबीच विशेष सम्झौता

जापान । आइएमइ ग्रुप अफ कम्पनि अन्तर्गत आइएमइ ट्राभल र जापान को बिस्वसनिय रेमिटान्स कम्पनि क्योउदाइ रेमिटान्स बीच सहकार्य गर्दै अगाडी बढ्ने सम्झौता भएको छ ।

जापानमा नेपाली हरुको वृद्धि दिनप्रतिदिन बढे संगै विभिन्न ब्यबसाय बढ्ने क्रममा नेपाल जापान आउने जाने यात्रु हरुको बढ्दो चाप र अत्यधिक माग लाइ मध्यनजर गर्दै नेपाल तथा जापान मै ट्राभल टिकेटिंग को ब्यबसाय मा पनि व्यस्तता बढ्दै गएको छ।यसै व्यस्तता र सेवाग्राही हरुको अत्यधिक माग र अनुरोध लाइ मध्यनजर गर्दै आइएमइ ट्राभल नेपाल र क्योदाई रेमिटान्स (आइएमइ) जापान को सहकार्यमा नेपाली सेवा ग्राही हरु लाइ लक्षित गर्दै केहि योजना हरु टोक्यो स्थित क्योदाई रेमिटान्स को हेड अफिस शिनओकुबो मा पत्रकार सम्मेलन मार्फत २८ तारिक शनिबार प्रस्तुत गरियो । क्योउदाइ रेमिटान्स आइएमइ जापान र आइएमइ ट्राभल बीच भएको जनमुखी सम्झौता निम्न बमोजिम रहेको छ। १)जापान बाट नेपाल आउदा जादा आइएमइ ट्राभल बाट टिकट खरिद गरि क्योदाई रेमिटान्स (आइएमइ) मार्फत उक्त टिकट रकम आइएमइ ट्राभल को तोकिएको खातामा पठाएमा पैसा पठाउदा लाग्ने शुल्क निशुल्क गरिने। २)आइएमइ ट्राभल बाट टिकेट किन्दा चन्द्रागिरी केवल कार को टिकेट सित्तैमा उपलब्ध गराइनेछ जसका लागि आइएमइ ट्राभलमा सम्पर्क गर्नु पर्ने छ। ३)यसरि टिकट खरिद गरेर नेपाल जाने सेवा ग्राही लाइ आइएमइ ट्राभल नेपालले अक्टोबर ३१ तारिक सम्म रिङ्ग रोड भित्र एअरपोर्ट पिक अप र ड्रप को ब्यबस्था गर्ने छ जसको लागि जापान बाट डिपार्चर हुनु अगाबै सेवाग्राही ले आइएमइ ट्राभल नेपालमा जानकारी गराउनु पर्ने छ।