शुक्रबार, चैत १६, २०८०

बिहारको पटना भरियो बाढीको पानीले

नयाँ दिल्ली (बीबीसी) । अबिरल वर्षाका कारण बिहारको राजधानी पटनामा हाल बाढीको जस्तै वातारण बनेको छ। लगातार भइरहेको वर्षाले शहरमा यति पानी भरिएको छ की लगभग ८० प्रतिशत घरका तल्लो तलहरु पानीमा डुबेका छन्। अस्पतालहरु, विद्यालय, सार्वजनिक कार्यालय, मन्त्रिहरु र नेताहरुको घरमा पनि पानी भरिएको छ।

सडकहरुमा नाउ चल्न थालेका छन्। र उद्धारकर्ताहरु नाउबाटै बाढीमा फसेका मानिसहरुलाई सुरक्षित स्थानमा लगिरहेका छन्।
हजारौं मानिसहरु आफ्नो घर भित्रै पानीमा फसेका छन्। केही क्षेत्रहरुमा त विद्युत आपूर्ति पनि बन्द भएको छ। केही स्थानहरुमा पिउने पानी र खाद्यन्नको पनि संकट उत्पन्न भएको छ।

मौसम विज्ञान केन्द्र पटनाका अनुसार पूरा राज्यमा हाल दक्षिण–पश्चिम मनसून सक्रिय छ। त्यसो त गएका केही दिनदेखि पूरा राज्यमा वर्षा भइरहेको छ। तर, राजधानी पटनामा पछिल्लो ४८ घण्टाका क्रममा जति वर्ष (३०० मिलिमिटरभन्दा धेरै), त्यति त पछिल्ला १० वर्षहरुमा कहिल्यै भएन
बिहीबारदेखि शुरु भएको वर्षा हालसम्म जारी छ। मौसम विभागका तर्फबाट शनिबार राती ९ बजे जारी पूर्वानुमानका अनुसार आगामी ४८ घण्टासम्म पटनालगायत बिहारका १५ जिल्लामा अति वृष्टिको सम्भावना छ।

लगातार वर्षा हुँदा राज्य आपतकाली प्रबन्धन विभागले पूरा राज्यमा उच्च सतर्कता चेतावनी जारी गरेको छ। मानिसहरुलाई घरबाट बाहिर नजान सुझाव दिइएको छ। एनडीआरएफ र एसडीआरएफका टुकुडीहरु राहत र उद्धारमा सक्रिय भएका छन्।

पटनाका डीएम कुमार रविले आगामी आदेशसम्म सबै विद्यालय, कलेज, कोचिंग र परीक्षाहरु बन्द गर्न भनेका छन्। उनले बीबीसीलाई शहरको तल्लो भाग वर्षाले धेरै प्रभावित भएको बताए।

राहत र उद्धार कार्यका लागि ६ वटा क्विक रेस्पोन्स टिमहरुले काम गरिरहेका छन्। कन्ट्रोल रुमलाई २४ घण्टा खुला राख्न भनिएको छ। डीएमले भने, ‘वर्षा रोकिएपछि रातह र उद्धार कार्यमा तिब्रता आउने छ। धनजनको क्षतिबारे भन्न सकिने छ। जुन क्षेत्रमा पानी धेरै भरिएको छ, त्यहाँबाट उनीहरुलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ। तर, लगातार वर्षा भइरहेको छ, पानी बढिरहेको छ।’

ठूलो वर्षाका कारण बिहारमा रेल यातायात र उडान सेवाहरु नराम्रोसँग प्रभावित भएका छन्। पूर्व–मध्य रेलले रेल ट्र्याकमा पानी भरिएका कारण प्यासेन्जर र एक्सप्रेससमेत १९ ट्रेन रद्द गरिएको छ। केही ट्रेनहरुका रुट परिवर्तन गरिएको छ। एक उडान पनि रद्द गरिएको छ। जबकी दुई उडानलाई रुट परिवर्तन गरिएको छ।

पानीले घेरिएको पटना शहरका केही तस्वीरहरु र भीडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन्। मानिसहरुले शहरको लाचार व्यवस्थाको आलोचना गरिरहेका छन्। सामाजिक सञ्जालहरुमा केही पटना निगमलाई ‘पटना नर्क निगम’ भनिएको छ।

आइतबार पटनाको राजेन्द्र नगर क्षेत्रको एक भीडियो भाइरल भयो। जसमा घरको छतबाट एक मानिसरुले रेक्साचालकको भीडियो बनाइरहेका छन्। रेक्साचालक छातीसम्म पानीमा डुबेर रेक्सा तानिरहेको र राइरहेको देखिएको छ। भीडियोमा मानिसहरुले ती रेक्सा चालकलाई रेक्सा छोडेर जान भनिरहेका छन्। तर, उ आफ्ना रेक्सा तानिरहन्छ।

यसप्रकारले शहरको एक ठूलो अस्पताल एनएमसीएचको तल्लो तलामा कही वार्डहरुमा पानी भरिएको छ। केही कोठाहरुमा विरामीको बेडसम्म पानी पुगेको छ। जसको कारण विरामीलाई माथिल्लो तलामा सार्ने काम भइरहेको छ।

सामाजिक सञ्जालमा आइतबार राज्यका मुख्यमन्त्री नीतीश कुमारको तस्वीर पनि भाइरल भइरहेको छ। तस्वीरमा उनी आफ्नो आवासको बाल्कोनीबाट छाता ओढेर पानी हेरिरहेको देखिन्छ।

आइतबार मुख्यमन्त्रीले आपतकालिन विभागको बैठक बोलाएर पूरा राज्यको अवस्थाबारे जानकारी लिएका छन्। उनले सबै जिल्ला अधिकारीहरुसँग भीडियो कन्फ्रेन्सबाट कुरा गरेर निर्देशन दिएका छन्।मौसम विभागको पूर्वानुमान अनुसार हाल मौसम सफा हुने कुनै संकेत देखिएको छैन। सोमबार र मंगलबार पनि अविरल वर्षा हुने चेतावनी दिइएको छ। यदि अवस्था यस्तै रह्यो भने यहाँ सेनाको सहयोग आवश्यक पर्ने देखिन्छ।