बिहिबार, बैशाख १३, २०८१

फोरेक्श जापानको आफ्ना ग्राहकलाई बिशेष नगद उपहार घोषणा

टोकियो ।  नेपालीहरुका महान ठुला चाडहरु नजिकिदै गर्दा देश बिदेशमा बिबिध कार्यक्रम हुने क्रम शुरु भएका छन् ।

देश होस वा बिदेश जहाँ नेपानी छन तेही नेपालको कला सास्कृतिक झल्कने बिबिध कार्यक्रमसंगै विभिन्न ठुला साना कम्पनीहरुले छुट तथा बिशेष उपहार को घोषणा गर्ने गरेका छन् ।

नेपाली महान चाड बिजया दशमी,शुभ दिपावली र छठ पर्वको अबसरमा हुने यस्ता छुट तथा उपहारहरु घोषणा हुने गरेका छन् ।

जापानमा रहेर नेपाल लगायत बिश्वभर रेमिटको कारोबार गर्दै आइरहेको कम्पनि फोरेक्श जापानले पनि आफ्ना ग्राहक बर्गलाई बिशेष उपहार घोषणा गरेको छ ।

सेवाको र कारोबारको हिसाबले अरु रेमिट कम्पनीहरु भन्दा सरल , छिटो र भर पर्दो भएको कम्पनीले दाबि गरेको छ ।

नेपालमा आफ्नै आइ पे कम्पनिको साझेदार र बिश्वका बिबिध ठुला कम्पनिहरुको साझेदारमा कारोबार गर्दै आइरहेको कम्पनिले जापान भर आफ्नो विभिन्न शाखा कार्यालय तथा एजेन्सीहरु मार्फत कारोबार गर्दै आइरहेको छ ।

नेपालका बैंक तथा ८००० भन्दा बढी सेवा काउन्टरबाट भुक्तानी गर्दै आइरहेको रेमिट कम्पनिले हरेक बैंक खातामा पनि १० मिनेट भित्र भुक्तानी गर्ने दाबि गरेको छ ।

यस वर्षको दशैं,तिहार र छठपर्वको अग्रिम हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै  बम्पर उपहार योजना सार्बजानिक गरेको छ ।

सेप्टेम्बर २५ तारिखबाट शुरु हुने बम्पर उपहारमा प्रतेक दिन २ जनालाई २००० ( दुइ हजार) येन बराबरको कलिंग कार्ड , प्रत्येक हप्ता २ जनालाइ १००००  (दश  हजार) येन नगद उपहार र यो अबधिभर पैसा पठाउने १ जनालाई २००,००० (दुइ लाख ) येन बम्पर योजना घोषणा गरेको छ । नोभेम्बर २ तारिख सम्म चल्ने उपहार योजना प्रत्येक दिनको भोलि पटक बिहान लक्किड्र मार्फत कम्पनिको आधिकारिक फेसबुक पेजमार्फत सार्बजानिक गरिने कम्पानीले जनाएको छ ।

रेमिट सेवा हाप्ताको सातै दिन खुल्ला रहने छ ।