शुक्रबार, बैशाख ०७, २०८१

मिस वल्र्डका लागि के गर्दैछिन् अनुष्का ?

काठमाडौं । विश्वका सुन्दरीहरू मिस वल्र्ड–२०१९ को तयारीमा जुटिसकेका छन् । मिस नेपाल वल्र्ड cलाई पनि मिस वल्र्डको तयारीले निकै व्यस्त बनाएको छ ।

केही महिनाअघि मिस नेपालको उपाधि जितेकी अनुष्का पछिल्लो समय के गर्दै छिन् भन्ने धेरैलाई चासो छ ।

मिस नेपालका आयोजक संस्था ‘हिडन ट्रेजर’ ले मिस वल्र्डमा सहभागी हुन अनुष्कालाई आइतबार काठमाडौंमा औपचारिक बिदाइ गर्‍यो ।

उनी मात्र होइन, मिस युनिभर्समा सहभागी हुन मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपतिलाई पनि बिदाइ गर्‍यो ।

यतिबेला आफू पूर्ण रूपमा मिस वल्र्डको तयारीमा जुटेको मिस नेपाल अनुष्काले बताएकी छन्, ‘मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ । म पनि पूर्णरूपमा मिस वल्र्डको तयारीमा जुटेको छु ।’

मिस वल्र्डका लागि आफूले १३ वटा इभेन्टको तयारी गरिरहेको अनुष्काले बताएकी छन् । मिस वल्र्ड हुनका लागि केके तयारी गर्नुपर्दो रहेछ भन्ने बुझेर त्यो सम्पूर्ण कार्यक्रमको तयारी र अभ्यास अहिले गरिरहेको पनि उनले बताइन् ।

मिस वल्र्डमा महत्व राख्ने एउटा इभेन्ट ‘ब्युटी विथ पर्पोज’ हो । त्यसका लागि आफूले तीन महिना अघिदेखि नै ब्युटी विथ पर्पोजको प्रोजेक्ट तयारी गरेको पनि यी सुन्दरीले बताइन् ।