बिहिबार, बैशाख ०६, २०८१

राजपा अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर

काठमाडौं। राष्ट्रिय जनता पार्टीको संयोजकमा पुन महन्थ ठाकुर नियुक्त भएका छन्। आइबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सोमबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको जिम्मेवारी महन्थ ठाकुरलाई दिने निर्णय गरेको थियो।

चक्रीय प्रणालीमा चल्दै आएको राजपामा दुई दुई महिनामा संयोजक परिवर्त हुँदै आएका छन्। ६ वटा मधेस केन्द्रित दल मिलेर गठन भएको राजपामा लामो समयसम्म ठाकुर नै संयोजक थिए।

अर्का नेता राजेन्द्र महतोले विरोध गरेपछि दुई दुई महिनामा संयोजक परिवर्तन हुने सिस्टम बनाइएको थियो। अध्यक्ष मण्डलका ६ जना नै नेता संयोजक बनिसकेपछि पुन ठाकुर संयोजक बनेका हुन्।