शुक्रबार, चैत १६, २०८०

एनआरएनए उपाध्यक्षमा कार्ययोजनासहित डा.बद्री केसीको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघका बर्तमान महासचिब डॉक्टर बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा सात बुदे कार्ययोजना सहित उम्मेदवारी घोषणा गर्नु भएको छ ।

रसियालाई कर्म थालो बनाएका केसीले मस्कोबाट उपाध्यक्ष पदमा आफ्नो उम्मेद्बारी घोषणा गर्दै गैरआबासिय नेपाली संघको डेढ दशकको कार्यकालमा भएका उपलब्धी र थपिएका चुनौतीलाई सामना गर्न सक्ने नयाँ भिजन र योजना सहितको नेत्रित्व संस्थाले खोजेकोले आफु उपाध्यक्षको जिम्मेवारी लिएर काम गर्न चाहेको बताउनु भएको छ ।

एनआरएनए रसियाको महासचिब हुँदै आईसिसी महासचिब सम्मको जिम्मेवारी निभाउदै संगठन भित्र आएका हरेक चुनौतिलाई सङ्गठनको हितमा हुने गरी निर्णय र कार्यान्वयन् गराउन जस्तोसुकै कठिनाई ब्यहोर्न पनि तयार रहने नेत्रित्वको छबी बनाएका केसी संगठन भित्रका बलिलो उम्मेद्वार हुन ।

संसार भरी छरिएर रहेका प्रबासी नेपालीहरुलाई एकताको सुत्रमा बाधेर मातृभूमी र नेपाली डायसपोराको लागि योगदान गर्ने उद्द्यस्य राखेर सुरु गरिएको भाबनात्मक अभियानलाई एउटा मजबुत सामाजिक सङ्गठनको रुपमा उभ्याउनमा केसीको योगदान अतुलनीय रहेको बताएका छन ।