शुक्रबार, बैशाख ०७, २०८१

मृत्यु भएकी युवतीको शरीरबाट निस्कियो रगत

एजेन्सी । मानिसको मृत्यु भएपछि उनको शरीर सड्न थाल्छ। मृत शरीरबाट दुर्गन्ध फैलिन्छ। यस्तो अवस्थामा मृत शरीरबाट रगत निस्किने संभावना हुँदैन। तर अर्जेन्टिनामा एउटा घटनाले विज्ञानलाई नै चुनौती दिएको छ। अर्जेन्टिनाका वैज्ञानिकले एउटा यस्तो शव फेला पारेका छन् जसको मृत्यु करिव ५०० वर्ष पहिला नै भइसकेको थियो। तर अचम्मको कुार के थियो भने ५०० वर्ष अगाडि मृत्यु भएको शरीरबाट रगत निस्किरहेको थियो।

यसको खुलासा वैज्ञानिकहरुले १९९९ मा गरेका थिए। विज्ञानिकहरुले अर्जेन्टिनाको एक ज्वालामुखी विस्फोट भएको ठाउँबाट १५ वर्षीया युवतीको किशोरीको शव निकालेका थिए। वैज्ञानिकहरुका अनुसार ती किशोरीको शव त्यो ठाउँमा ५०० वर्ष पहिला गाडिएको थियो।

५०० वर्ष पछि शव निकाल्दा पनि मृत शरीरमा रगत भेटिएको थियो। त्यतिमात्रै होइन ती किशोरीको शव खराबसमेत भएको थिएन। उनको कलाप र छापा जस्ताको त्यस्तै थियो।

वैज्ञानिकहरुको अनुसन्धानबाट के खुल्यो भने ती किशोरीको रगतमा टीबीका ब्याक्टेरिया थिए। तर मानिसको निधन भएको यत्रो वर्षपछि ब्याक्टोरिया जीवित कसरी भए भन्ने प्रश्न उठ्छ। वैज्ञानिकले यो रहस्य पत्ता लगाउन आजसम्म पनि मृत्यु भएकी किशोरीको रगत जाँच गरिरहेका छन्। त्यसबाट टीबी रोग निको पार्ने उपाय निकिस्ने अपेक्षा गरिएको छ। ती किशोरीको शव नजिकै सुन र अन्य बहुमूल्य आभुषण पनि फेला परेका थिए।