शनिबार, बैशाख ०८, २०८१

भद्रगोल टिमको नयाँ सिरियल ‘सक्किगोनि’को ट्रेलर

काठमाडौं । हाँस्य सिरियल ‘भद्रगोल’ छाडेका कलाकारहरुको समुहले ‘सक्किगो नि ‘ नामक सिरियलको छोटो क्लिप्स आज सार्वजनिक गरिएको छ।यो सिरियल आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८:४५ बजे प्रसारण हुनेछ ।गएको शुुक्रबारबाट मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो । तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन्।

बुधबार काठमाडौंमा प्रेस मिटको आयोजना गर्दै टीमले हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ ल्याउने घोषणा गरेका हुन्।निर्माण कम्पनी मिडिया हवसँगको आर्थिक मामिलामा कुरा नमिलेपनि भद्रगोलका सम्पुर्ण कलाकारहरु मिडियाहवबाट ‘भद्रगोल’ टीमअलग्गिन बाँ*ध्य भएका हुन्।केही दिन अघि देखिनै सामाजिक सञ्जालमार्फत कलाकारहरुले ‘टीम त्यही, थिम त्यही, तर फरक नाममा’ भन्दै नयाँ टेलिशृंखला आउँने बारे जानकारी दिदै आएका थिए । तर नाम सार्वजनिक गरेका थिएनन् । अन्तत: टीमले प्रेसमिट गर्दै नाम सार्वजनिक गरेका छन्। टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ।