बिहिबार, बैशाख १३, २०८१

टानका गतिविधि खच्चडको हिँडाईमा नभइ घोडा दौडमा लानेछु

मैले चुनाब लड्नु भन्दा अगाडि नै अघि सारेका व्यवसायीहरुका एजेन्डाहरुलाई नै अघि सारेको छु। केही वुदाँहरु छन् ती बुँदाहरुमा नै अघि बढेका छौं ।

पहिलो नम्बरमा विदेशीहरु पदयात्रामा जाँदा अनिवार्य रुपमा सहयोगीहरु लिएर जानुपर्ने पहिलो मेरो एजेन्डा छ। त्यसपछि व्यवसायीहरुमा देखिएको असमान्यजस्य भ्याट र करलाई न्यूनीकरण गर्ने गर्ने अर्को एजेन्डा हो।

तेश्रो नम्बरमा नेपालमा ‘एडभेञ्चर ट्राभल मार्ट’ गर्ने मेरो योजना हो । यो साहसिक पर्यटकीय गतिविधिका लागि नेपाल उपर्युक्त गन्तव्य हुने भएकाले नेपालमा हुनुपर्छ। जुन ट्राभल मार्टमा विश्व बजारमा प्रख्यात हुन सकोस्। सजिलै बजार पाउन सकोस्, प्रचारप्रसार होस् भन्ने सोचाइले अघि सारेका हौं।

त्यसपछि चौथो नम्बरमा व्यवसायीहरु बीचमा रहेको अनलाईन किसिमको अवारनेस दिनुपर्ने छ। सम्पूर्ण व्यवसायीहरु सक्षमताको लागि अहिलेको नयाँ टेक्नोलोजी अनुसारको विजनेश व्यापार गर्न सक्ने कन्टेन्ट ब्लग रेसियो गर्न टाईपको अवारनेस गर्ने खालको कार्यक्रम गर्ने छौं। जसले गर्दा सम्पूर्ण व्यवसायीहको सक्षमतामा बृद्धि गर्न सकोस् भन्ने हो।

त्यस्तै पूर्वजहरुले गर्नु भएको ट्रेकिङ डिस्नेसनहरुको जुन प्रमोशन छ, त्यसलाई फेरि रिभ्यूज गरेर ती डिस्नेसहरुलाई अन्तराष्ट्रिय बजारमा प्रसार प्रसार गर्ने हो। र हामीसंग नेपाल टुरिजम वोर्डसंग भएको टिमको इस्युज छ, त्यसलाई मेनेज गर्नुपर्ने एफआइडी टिम्स लागु गर्नुपर्ने, एफ आइडी टिम्स जुन प्रयोग गर्नु भएको छ। त्यसलाई खारेजी गरेर ग्रुप टिम्स प्रयोग गर्नेलगायतका महत्वपूर्ण एजेन्डाहरु नेपाल सरकारलगायत सरोकारवालाहरुसंग हाम्रो चाँही सहकार्य र गतिबिधि हुनेछ।
लुकेका स्थानलाई प्राथमिकता

१९७२ मा टान स्थापना भएदेखि यस संस्थामा आवद्ध अग्रज व्यवसायदेखि हिजोआज मात्रै आएका नयाँ ट्रेकिङ्ग खोल्ने व्यवसायीहरुसम्मले नयाँ ठाउँ छनौट गर्दै गन्तब्यको रुपमा पहिचान गर्दै आएका छन्।

अब फेरि टानले पनि नेपालमा हाल जुन स्थान, जुन हिमश्रृखला, जुन पर्यटकीय क्षेत्र छन् तिनीहरुको मात्र बढी प्रचार भएको छ। लुकेका स्थानहरुले अनुहार नै देखाउन पाएका छैनन्। केही पदयात्रा गन्तव्यहरु प्रचारको अभावमा गतिविधि शुन्य अवस्थामा छन् । तीनको प्रचार गरेर ती क्षेत्रहरुमा पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई लाभान्वित बनाउन अब टानले छिट्टै स्थान पहिचान गरेर काम सुरु गर्ने योजना बनाएको छ।

भ्रमण वर्ष सफल पार्न टान सरकारको दाहिने हात भएर अघि बढ्छ

हामीले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटन भित्र्याउने भनेका छौं त्यो १०० प्रतिशत नै सम्भव छ। त्यसमा तपाँइ हामीले लाग्नुपर्ने हुन्छ। विशेष गरी सरकारले अन्तर्राष्ट्रिय बजारमा कनेक्टिङ प्लाइटको व्यवस्था गर्नुपर्छ। नेपाल भित्र भएका इन्फेक्चरलाई प्रयोग गर्नुपर्छ। सम्पूर्ण विषयबस्तुहरु मिलाउनु पर्छ।

वास्तवमा २० लाख पर्यटक भनेको संख्यात्मक रुपमा धेरै होइन तर नेपाली कन्टेक्समा हामीसंग कनेक्टिङ फ्लाइटको कमी, अन्तर्राष्ट्रिय प्रचारप्रसारको कमी, इनफाक्टेक्चरको कमीले गर्दा मात्र हामीलाई २० लाख ठूलो भएको हो। यो भन्दा अगाडि हामीले १०–१२ लाख पर्यटक आए भनिएको हो। यो पटक २० लाखको इभेन्ट लिएर अगाडि बढी रहेका छौं। त्यो मात्र होइन त्यो भन्दा बढी पनि पर्यटक ल्याउन पहल गरिरहेका छौं।

नेपाल सरकारको इभेन्ट नेपाल भ्रमण वर्ष २०२० नेपाल सरकारको मात्र नभइ तपाँई हामी सबैको पनि भएको हुँदा टान चाँही नेपाल सरकारको दाहिने हात भएर अगाडि बढ्न चाहान्छ।

प्रचलित ठाउँकै बढी प्रचार भयो
हामीले सगरमाथा अन्नपूर्ण, लाङटाङलाई प्रचार गर्नुपर्ने आवश्यक छैन। अलरेडि प्रमोटेड छ। अब हाम्रो दायित्व भनेको नयाँ नयाँ टे«किङ सुदूरपश्चिमदेखि पूर्वका नयाँ नयाँ ठाउँ छन् ती ठाउँको हामीले प्रचार प्रसार गर्नुपर्ने भएको छ। त्यसै ठाउँको हो प्रचार प्रसारको आवश्यकता भनेको पनि ।

तर त्यहाँ जानका लागि डोमेस्टिक फ्लाईटको एक्सेसदेखि, गाडीका एक्सेसदेखि, टे«किङ्ग ट्रायल्सको इन्फोमेसनदेखिको म्यानेज गर्नुपर्ने छ। त्यो हाम्रो दायित्व हो, च्यालेन्ज हो । त्यसमा चुनौती छ त्यो चुनौतीलाई म्यानेज गरेर अगाडि बढ्नु पर्ने छ।

हामीलाई सगरमाथा लुम्बिनीको प्रचारप्रसार गर्न आवश्यक छैन। नयाँ रुट, नयाँ डिस्टेन्सन, नयाँ ठाउँहरुको प्रचार गरेर गर्ने प्रमोट गर्नुपर्ने हाम्रो दायित्व हो। यसलाई समाधान गर्नुपनि पर्ने पनि हाम्रो कर्तव्य छ।

सम्पदा पुनर्निर्माणमा सरकारको ढिलासुस्ती
सरकारले पुनर्निर्माणमा निकै ढिलाई गरेको छ। अब हामी सबै मिलेर सरकारलाई झक्झक्याउनु पर्ने छ। २०२० सुरु हुन हामीसंग थोरै समय छ।। सरकारलाई जति सक्दो पोजेटिभ कुराले सोच्न हामी बाध्य गर्छौं। नेगेटिभ कुरा गर्ने हामीसंग समय छैन।

हामीलाई सगरमाथा लुम्बिनीको प्रचारप्रसार गर्न आवश्यक छैन। नयाँ रुट, नयाँ डिस्टेन्सन, नयाँ ठाउँहरुको प्रचार गरेर गर्ने प्रमोट गर्नुपर्ने हाम्रो दायित्व हो। यसलाई समाधान गर्नुपनि पर्ने पनि हाम्रो कर्तव्य छ।

र इरोरहरुलाई सुधारेर बढी भन्दा बढी प्रचारका हिसाबबाट सबै हामी गोलबद्ध भएर नेपाल भ्रमण वर्षलाई सफल बनाउन र त्यो भन्दा बढी पर्यटकहरु बढी ल्याएर आउने वर्षहरुमा पनि यो गतिबिधिले चाँही बढी भन्दा बढी पर्यटक ल्याउन एकदमै उत्प्रेरित गर्नेछौं। टान त्यसका लागि सदैब तयार छ। तपाईहरुलगायतको पनि महत्वपूर्ण सहयोगको आवश्यक छ।
अन्तमा,

कार्यकालपछि व्यवसायीहरुको प्रिय अध्यक्ष बनेर निस्कन्छु
टानमा लामो समयदेखिको काम गरेको अनुभवले पनि टानलाई अगाडि बढाउन पाइलटको जस्तै भूमिका गर्नेछु। पाइलटले एक ठाउँबाट सहज तरिकाले अर्को ठाउँमा ल्यान्डिङ्ग गरे जसरी टानलाई पनि हाम्रा एजेण्डाहरु अनुसार सहि तरिकाले ल्यान्डिङ्ग गर्छु। २ वर्षपछि टानमा व्यवसायीहरुको प्रिय अध्यक्ष बनेर र केही न केही रुपमा उहाँहरुलाई केही म्यासेज दिएर हँसिलो रुपमा म र मेरो कार्यसमिति अगाडि बढाउने इच्छा छ

टानका गतिबिधिहरु खच्चड दौडमा नभइ घोडा दौडमा लानेछु। यसले नेपालको पर्यटन समग्र पर्यटन व्यवसायीको हक हितको लागि हाम्रा विषयबस्तुमा उजागर हुनेमा कटिबद्ध छु।

टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीसँग डिसी नेपालका भूमिराज पिठाताेलीले गरेकाे कुराकानीमा आधारित