शुक्रबार, बैशाख ०७, २०८१

बढ्यो बाल हिंसा: अपहरणदेखि बलात्कारसम्म

काठमाडौँ । बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्।

आव ०७५र७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४÷७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।

अपहरण गरी हत्या
मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय आर्यन साहलाई वैशाख २३ गते छिमेकी शत्रुधन महतोले अपहरण गरी बन्धक बनाए। आमा खोज्दै रोइरहेका आर्यनलाई अपहरणकारीले भैंसीको दूध खुवाएर सुताए। शक्तिशाली धामी बन्ने अन्धविश्वासका कारण मध्यरातमा बालकको ‘चमेनी माई’ लाई बलि चढाए। शव घरपछाडिको बगैंचामा फाले।

आर्यन हत्याको दुई सातापछि शत्रुधन पक्राउ परे। घटनाका योजनाकार मिथिला नगरपालिका–८ कुसुमबिछौनाका जंगवीर महतो पनि पक्राउ परे।