शुक्रबार, बैशाख ०७, २०८१

क्यान्सर पीडित भण्डारीलाई उपचारार्थ २ लाख ५७ हजार आर्थिक सहयोग

काठमाडौं । बोन म्यारो क्यान्सर पीडित मुकुन्द भण्डारीलाई उपचारार्थ २ लाख ५७ हजार आर्थिक सहयोग जुटेको छ ।
रामेछाप मन्थली नगरपालिका फुलासीमा रहेको लालिगुराश युवा क्लबको पहलमा उक्त आर्थिक सहयोग रकम संकलन भएको हो ।
भोटनागी कृषि सहकारी सस्थाका अध्यक्ष सुरेन्द्र खड्काको नेतृत्वमा ६० हजार ६ सय ४० रुपैयाँ र लालिगुरास युवा क्लब फुलासीका अध्यक्ष सन्तोष चौहनको नेतृत्वमा एक लाख ९६ हजार तिन सय साठ्ठी रुपैयाँ रकम संकलन भएको थियो । काठमान्डौमा एक कार्यक्रमको विच उक्त संकलित एकमुस्ट रकम लालिगुरास युवा क्लव फुलासीका अध्यक्ष सन्तोष चौहानले क्यान्सर पिडित भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक रुपमा कमजोर क्यान्सर पिडित भण्डारीको सिभिल हस्पिटलमा उपचार भैरहेको छ ।