बिहिबार, बैशाख ०६, २०८१

चर्चित गायिका सम्झना र गायक राम्जी खाँडको ‘बैना रुमाल’सार्वजनिक

ललितपुर । चर्चित गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक राम्जी खाँड़ स्वरमा ‘बैना रुमाल’बोलको म्यूज़िक भिड़ियो सार्वजनिक गरेका छन ।

उक्त बैना रुमाल बोलको लोक दोहोरी गीतमा देउन रुमाल बैना तिमि झैँ राम्री त नेपालमै छैन भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन् ।

कृष्ण भान्जाले संगीत संयोजन गरेको उक्त गीतको म्यूजिक भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् ।

सो गीत सम्पादन विष्णु शर्मा,क्यामेरामा राजेश घिमिरेले गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यूट्युव च्यानलमार्फत बिहिबार सार्वजनिक गरीएको छ ।