शनिबार, बैशाख ०८, २०८१

रौतहटमा पानीमा डुबेर ३ जना बालिकाको मृत्यु

रौतहट । रौतहटमा पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । माछा मार्न गएका इशनाथ नगरपालिका १ वन्जराहाका तीन बालिकाको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बृजनन्दन यादवका १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साहका ७ वर्षकी छोरी सरिता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए ।

धान खेतसँगै को खाल्डोमा माछा मार्न गएका तीन बालिका डुवेका थिए । साँझसम्म उनीहरू घर नफर्किएपछि अभिभावकले खोजी गर्लन मृत अवस्थामा भेटिएका थिए ।