बुधबार, बैशाख १२, २०८१

कोरियामा साँस्कृतिक महामेला हुँदै,दुई दर्जन कलाकार सहभागी

कोरिया । पर्यटन वर्ष–२०२० लाई लक्षित गरि राष्ट्रिय संगीतकर्मी संघले कोरियामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले कोरियामा सेप्टेम्बर १५–१६ नेपाल सांस्कृतिक महामेला आयोजना गर्न लागिएको कुरा बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

“भिजिट नेपाल–२०२०” लाई लक्षित गरेर उक्त कार्यक्रम कोरियाको राजधानी सेओलमा गर्न लागिएको आयोजकको भनाई छ । संघकाअनुसार उक्त कार्यक्रम नेपाल र कोरियाको सांस्कृतिक झल्काउने हिसाबले गर्न लागिएको छ । संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको सभापतित्व र उपाध्यक्ष अमृत खाँतीले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा संघकै बरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए ।
पत्रकार सम्मेलनमा बिक्रम जंग शाह (महासचिव), घमेश दुलाल (संस्थापक अध्यक्ष), यम बराल (सल्लाकार तथा वरिष्ठ गायक), श्याम धिताल (उपाध्यक्ष), होमराज सुवेदी, सुलेमान शंकर (इकु) ले कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग चाहिने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ गायक यम बरालले आफूहरु गर्वसाथ कार्यक्रममा भाग लिन जाने र कार्यक्रम सम्पन्न भएपछि गर्वसाथ नै फर्केर आउने विश्वास दिलाए । धेरै दुःखकष्ट गरेर संघ आफैंले कोरियाका विभिन्न संघ संस्थाहरुसँग सहकार्य र सम्झौता गरेर आयोजनाको व्यवस्था गरिएको बताइएको छ ।

कार्यक्रममा कोरियन कलाकार र नेपाली कलाकारहरुको उपस्थिति रहनेछ भने कोरिया र नेपालका विभिन्न संस्कृति झल्किने वभिन्न किसिमका गीतहरु प्रस्तुत गरिने छन् । कार्यक्रमको मुनाफा अनाथ बालबालिकालाई खर्चिने पनि आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा चर्चित गायक यम बराल, कलाकारहरु क्रमशः सुलेमान “इकु”, प्रकाश कटुवाल, आस्था राउत, राजेन्द्र कुमार कार्की, अमृत खाती, सिर्जु अधिकारी, प्रकाश दास, रवी ओड, नवराज ढुङ्गाना, उमा श्रेष्ठ, सन्ध्या सानु, सृजना खनाल, कुमार कार्की, डिवी लोप्चन, शान्त शिशीर, राम थापा शिशीर, राज कुमार हुमागाँई, श्रीदेवी देवकोटालगायत ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ ।