शुक्रबार, बैशाख १४, २०८१

नेपालमा लगानी गर्नेले उच्च नाफा गर्छन् : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई पुनः आह्वान गरेका छन् । नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै उनले लगानीको क्षेत्र बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दावी पनि गरे । नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुवै आधार तयार भएको बताए ।

नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
उनले नेपालको जलस्रोत, ऊर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सकैले पनि उच्च मुनाफा आर्जन गर्न सक्ने पनि बताए ।