शनिबार, बैशाख ०८, २०८१

सरकारले नागरिकको अधिकार कुण्ठित गर्दैछ : देउवा

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले बहुमतको दम्भमा नेपाली नागरिकको अधिकारलाई कुण्ठित बनाउँदै लगेको आरोप लगाएका छन् ।

काग्र्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियान तथा नेपाली कांग्रेस धरान नगर समितिको नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले नागरिकको अधिकार कुण्ठित गर्ने पछिल्लो उदाहरण मिडिया काउन्सिल विधेयक पास गुर्न रहेको दाबी गरे । उक्त विधेयक आम सञ्चार माध्यमलाई कुण्ठिन बनाउन ल्याइएको उनको जिकिर छ ।

सभापति देउवाले पछिल्लो समय मानव अधिकारका उल्लंघनका घटना, हत्या, बलात्कारजस्ता अपराधिक गतिवधि बढ्दै उल्लेख गर्दै यसको अन्त्य अब नेपाली कांग्रेसले मात्र गर्ने दाबी गरे ।

उनले धरान उपमहानगरपालिकामा रिक्त भएको नगर प्रमुखकको चुनावलाई संकेत गर्दै यस्ता अराजक गतिविधि नियन्त्रण गर्न उपनिर्वाचनमा नगरप्रमुखको पदमा कांग्रेसले विजयको दियो बाल्नुपर्ने बताए ।

आगमी मंसिर १४ गते धरान उपमहानगरपाालिकाको स्थानीय चुनावलाई लक्षित गरी राखिएको नगरसभा र जनजागरण अभियानमा कांग्रेसका उपभसभापति विजयकुमार गच्छदारले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिकामा जहिल्यै पनि कांग्रेसले हार्ने र कम्युनिष्टले जित्ने गरेका कारण नगरको विकास हुन नसकेको बताए । उनले धरानको विकासमा कांग्रेसले दिलोज्यानले सहयोग गरेको तर कम्युनिष्ट सरकारले खाली कांंग्रेसले गरेको कामको जस लिने गरेको टिप्पणी गरे ।

धरानबाट धमाधम सरकारी कार्यालय अन्यत्र सर्दा धरान सहर मृत सहर हुन पुगेको बेला तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले धरानमा जननायक बिपी कोइरालाको नाममा भारतको सहयोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण भएको समेत नेता गच्छदारले स्मरण गराए ।

यस्तै, सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुकमा भएका जति पनि उपलब्धि र विकास नेपाली कांग्रेसले नै गर्दा भएको बताउँदै कम्युनिष्टले त्यसको जस लिँदै स्वार्थ पूरा गर्ने गरेको आरोप लगाए । उनले २००७ सालको आन्दोलन २०४६ सालको आन्दोलन र ०६२/०६३ को दोस्रो जनआन्दोलनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्दे शसस्त्र जनयुद्धमा फसेको मुलुकलाई शान्ति प्रक्रियामा पुर्‍याउने काम कांग्रेसले गरेरको उनको दाबी छ ।

नेपाली कांग्रेस धरान नगर समितिले धरानको भानुचौकमा आयोजना गरेको नगर सभा तथा जागरण अभियानमा नेपाली कांग्रेसको हरेक कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने धरानका चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर), उमा बास्तोला र कृष्णप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोइराला लगायत स्थानीय नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।

जागरण अभियान तथा नगरसभा भोलिदेखि २७ गते अर्थात तीन दिनसम्म चल्ने आयोजकले बताएको छ । नगरसभा विशेष गरेर आगामी मंंसिर १४ गते हुन लागेको उपमहानगरपालिकाको उपनिर्वाचनमा भावी रणनीति तयार पार्ने कुरामा केन्द्रित रहने जनाइएको छ ।