शुक्रबार, बैशाख ०७, २०८१

चट्याङले बाँकेमा पाँच गाई मरे

बाँके । जानकी गाउँपालिका वडा नम्बर २ बेलभारमा चट्याङबाट पाँच वटा गाई मरेका छन् । बुधबार दिउँसो वर्षातसँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाई मरेको वडा नम्बर २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिए ।

उनका अनुसार गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये पाँच वटा मृतावस्थामा फेला परेका थिए । चट्याङबाट वडामा अन्य कुनै पनि क्षति पुगेको छैन । मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

यसैबीच जानकी गाउँपालिकाको वडा नम्बर १ साइगाउँ र वडा नम्बर २ बेलभारमा भारतीय सीमा क्षेत्रबाट आएका पशुचौपायाले किसानको खेतीबाली खाएर क्षति पु¥याउँदै आएका छन् ।

गाउँपालिकामा रहेका छाडा चौपायाको यकिन गरी नियन्त्रणका लागि गाउँपालिकाबाट आवश्यक पहल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।