शुक्रबार, चैत १६, २०८०

दोस्रो मैत्रीपूर्ण रनिङ भलिबल कपको दर्ता खुल्ला,टाईसीट सेप्टेम्बर १७ मा वितरण गर्ने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा वितरण गरिने भएको छ ।
उक्त प्रतियोगिताको टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर १७ को मध्यान्ह १२ बजेसम्म हुने नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा गोला प्रथाद्धारा प्रकाशन गरिने खेल संयोजक बिशाल केसीले जानकारी दिनुभयो ।

भलिवल संघ जापान शाखाद्वारा दोस्रो पटक मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिताको सेप्टेम्बर १७ को साँझ पत्रकार गरेर सम्पूर्ण जानकारी दिने जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमको लागी जापानिज तीन लाख दश हज़ार येन नगद पदक र प्रमाण, दितिय हुने टिमको लागी दुई लाख दश हज़ार येन नगद पदक र प्रमाण पत्र का साथै उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई बिभिन्न बिधामा पुरस्कृत गरिने जनाएको छ ।
नेपालको रास्ट्रिय खेल भलिबल खेलको माध्यमबाट जापान भित्र रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउदै सदभाब र भाईचारा बिस्तार गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको छ ।
उक्त खेल प्रतियोगिता सफल बनाउनको लागी खेलाडी, खेलप्रेमी,जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजकका तर्फ देखी आर्थिक नैतिक र भौतिक सहयोगका लागी अनुरोध समेत गरिएको छ ।

टिम दर्ता वा केहि आवश्यक परेमा भिक्टर ठारा मगर-09091087590,बिशाल केसी-08066697850,सहनी-08033271981,लोकेश खत्री-08030987775,नबिन गुरूङ-08096893209 सम्पर्क गर्न प्रतियोगिताको खेल संयोजक बिशाल केसीले अपिल गरेका छन ।