बिहिबार, चैत १५, २०८०

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’

चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् ।

नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् ।

‘चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर, कहिले हुने निक्र्योल भइसकेको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भने, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनुभएको छ ।’

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुङ्गीएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।