शुक्रबार, चैत १६, २०८०

कांग्रेसभित्र पेचिलो बन्दै हिन्दु राष्ट्र पुर्नस्थापनाको मुद्दा

काठमाडौं। २०६२/०६३ को दोस्रो जनआन्दोलनमा उठ्दै नउठेको विषयलाई जबर्जस्ती संविधानमा लेखाइएको भन्दै सवत्र विरोध भएको थियो।

जनताको भावना विपरित दलहरुले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि दलहरुको नियतमाथि प्रश्न उठ्दै आएको थियो। जनभावना विपरित विश्वको एक मात्र हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि त्यसको विरोध भएको थियो।

मुलुकमा अहिले कम्युनिष्ट सरकार छ। कम्युनिष्ट सरकारले मुलुकलाई हिन्दु राष्ट्र बनाउने संभावना नरहे पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र भने हिन्दू राष्ट्रका पक्षमा बहस उठ्न थालेको छ। कांग्रेसले जनताको एजेण्डा छोडेको भन्दै नेतृत्वको आलोचना हुन थालेका बेला नेताहरुले पार्टीभित्र हिन्दु राष्ट्र पुर्नस्थापनाका विषयमा वहश हुन थालेको छ।

महामन्त्रीडा. शशांक कोइराला केही समय अगाडि सम्म आफू हिन्दु राष्ट्र पुनस्थार्पनाको पक्षमा रहेको बताउने गरेपनि पछिल्लो समय यो विषयमा मौन छन्।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्नो व्यक्तिगत धारणा भन्दै हिन्दु राष्ट्र पुर्नस्थापना हुनुपर्ने बताउँदै आएका थिए। कांग्रेसभित्र हिन्दु राष्ट्र पुर्नस्थापनाको विषयलाई मुद्दा बनाउनुपर्ने नेताहरुको ठूलै संख्या छ।

कांग्रेस महासमिति बैठकमा पहिलो पटक हिन्दु राष्ट्र पुर्नस्थापनाको विषयले प्रवेश पाएको थियो। तर अहिले नेताहरुले संसदमा नै हिन्दु राष्ट्रका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउन थालेका छन्।

कांग्रेसमा हिन्दु राष्ट्रपुर्नस्थापनाको विषय उठ्न थालेपनि कांग्रेस नेतृत्व भने यसप्रति सकारात्मक छैन। सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा यो विषयमा मुख नखोलेपनि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने हिन्दु राष्ट्रको विपक्षमा छन्।

महामन्त्रीडा. शशांक कोइराला केही समय अगाडि सम्म आफू हिन्दु राष्ट्र पुनस्थार्पनाको पक्षमा रहेको बताउने गरेपनि पछिल्लो समय यो विषयमा मौन छन्।

स्रोतका अनुसार डा. शशांकलाई हिन्दु राष्ट्रको मुद्दा उठाए सभापति र प्रधानमन्त्री बन्न सजिलो नहुने सुझाव आएपछि महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका विषयमा अभिव्यक्ति दिन छोडेका हुन्। कार्यकर्ता हिन्दु राष्ट्रको पक्षमा भएपनि नेतृत्व त्यसप्रति सकारात्मक देखिँदैन।

कांग्रेसभित्र हिन्दु राष्ट्रको नारा उठाउने नेता खुमबहादुर खड्काको निधन भएपछि यो विषय केही ओझेलमा परेको थियो। तर पछिल्लो समय कार्यकर्ताबाट दवाब आउन थालेपछि पार्टीभित्र हिन्दु राष्ट्रको आवाज बलियोसँग उठ्न थालेको छ।

भावी सभापतिको उम्मेद्वारका रुपमा आफूलाई प्रस्तुत गरेका कांग्रेस नेता डा. शेखर कोइरालाले केही दिन अगाडि सम्पन्न केन्द्रीय समिति बैठकमा हिन्दु धर्मको एजेण्डाका विषयमा चासो राखेका थिए।

पछिल्लो समय कांग्रेसभित्रका शसक्त मानिएका नेताहरु पनि हिन्दु राष्ट्रका पक्षमा खुल्न थालेपछि यो विषय कांग्रेसभित्र पेचिलो बन्दै गएको छ।

कांग्रेस नेताहरुले सरकारले नै सनतानदेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गर्न थालेको भन्दै धर्म निरपेक्षताको खुलेर विरोध गर्न थालेका छन्।

‘नेपाली कांग्रेस हरेक नेपाली नागरिकको संविधानमा भएको व्यवस्थाअनुसार आ–आफ्नो धार्मिक आस्थाअनुसार धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चिततासँगै सनातन धर्म संस्कृतिलाई संरक्षण गर्ने दायित्व राज्यको हुने व्यवस्थाको पालना गर्नेतर्फ सरकारलाई गम्भीर हुन समेत यो बैठक माग गर्दछ,’ कांग्रेस केन्द्रीय समिति बैठकपछिको निर्णयमा भनिएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्व गृहमन्त्रीसमेत रहेका देवेन्द्रराज कँडेलले संसद् र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका थिए। प्रसनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको दाबी गरेका थिए।