बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए जापानको अध्यक्षमा देविलाल भण्डारी निर्वाचित

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ ।
एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको सोमबार सम्पन्न निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो । भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी वाङदीलामालाई ३२ मतको अन्तरले पराजित गर्नुभएको थियो ।

भण्डारीले ५ सेय ८५ र लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको थियो । यसै गरी वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुनुभयो भने महासचिवमा जनकविक्रम शाही र सहकोषाध्यक्ष सचिन श्रेष्ठ र युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ । सदस्यमा रहेकामध्य राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खराल कटवाल, महेश कुमार, डिलाराम गैरे, सिबु थापा, जीवन कुमार गुरुङ निर्वाचित भएका छ्न । आईसीसी सदस्य लगाएतका पदहरुमा भने निर्विरोध भएको थियो ।

एनआरएनए जापानको २०१९-०२१ को पूर्ण कार्य समिति
अध्यक्ष
देविलाल भण्डारी

वरिष्ठ उपाध्यक्ष
अनिता गुरुङ

उपाध्यक्ष
सविता श्रेष्ठ
लक्ष्मन वानिया
नारायण खड्का
दिपक केसी
नविन न्यूरे

महासचिव
जनकविक्रम शाही

सचिव
विष्णुप्रसाद घिमिरे
टिकाराम खरेल
विकास बस्नेत

कोषाध्यक्ष
कालिका थापा

सह-कोषाध्यक्ष
सचिन श्रेष्ठ

युवा संयोजक
राम थापा

महिला संयोजक
संगीता अधिकारी

सदस्य
राजेश खनाल
सुपेन्द्र घिसिङ
बाबुराम खरेल
महेशकुमार कटवाल
डिलाराम गैरे
सिबु थापा
जिबनकुमार गुरुङ
अन्जु भण्डारी